कैलालीको लम्कीमा महिलालाई बलात्कारको आरोपमा ३ जना पक्राउ, स्थानीयद्धारा वडा कार्यालय घेराउ र प्रदर्शन
2020/06/14, 7:57
 
rape

जेष्ठ २० गते गौरीफन्टा नाकाबाट आएर शहिद स्मृति माध्यामिक विद्यालय लम्कीको क्वारेनटाइनमा बस्दै आएकी महिलामाथि शनिवार राति सवा १२ बजेतिर क्वारेन्टिनमा खटिएका एक स्वास्थ्यकर्मी र दुई जना सहयोगीले आफुमाथि बलात्कार गरेको लम्कीचुहा नगरपालिका वडा नम्बर १ की ३१ बर्षीया महिलाले आरोप लगाएपछि तीनै जनालाई  इलाका प्रहरी कार्यलय लम्कीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

b

यस्तै घटनाको दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले लम्की बजारमा विरोध प्रदर्शन गरेका छन् । लम्की चौराहामा चक्काजाम गर्दै उनीहरुले विरोध गरेका हुन् ।

1

यस्तै आक्रोसित भिडले लम्कीचुहा नगरपालिका वडा नम्बर १ को वडा कार्यालय समेत घेराउ गरेका छन् । वडा कार्यालयमाथि घेराउ गर्ने क्रममा वडा कार्यालयमा कार्यरत एक जना कर्मचारी पुजा ताम्राकार घाईते भएको प्रहरीले जनाएको छ ।