दोधारा–चाँदनी पुलको टावरबाट ९ घण्टापछि ओर्लिन महिला
2021/10/03, 9:19
 
dd

दोधारा–चाँदनीको झुलुङ्गे पुलको टावरबाट ९ घण्टापछि महिला आफै ओर्लिएकी छिन्। आइतबार बिहान करिब ६ बजेतिर पुलको टावरको टुप्पोमा चढेकी ३० वर्षीया सुनिता भण्डारी पुजारा दिउँसो ३ बजेतिर आफैँ ओर्लिएकी हुन्। उनका आफन्तले पटक–पटक ओर्लिन आग्रह गरेपनि उनले साँझ ६ बजे आफैँ आर्लिने बताएकी थिइन्। 

बिहान ५ बजे घरबाट निस्केकी उनी पुलको टावरको टुप्पोमा चढेर योगा गरिरहेको अवस्थामा भेटिएकी थिइन्। उनको उद्धारका लागि प्रहरी टोली जाँदा प्रहरी उद्धारका लागि टावरमा चढे हामफाल्ने चेतावनी दिएपछि प्रहरी पछि हटेको थियो। उनको धम्कीपछि टाढैबाट प्रहरीले उनलाई निगरानीमा राख्दै आएको थियो। उनको घर भीमदत्त नगरपालिका वडा नम्बर ६ ऐठपुर हो। उनको माइतीघर दोधाराचाँदनी नगरपालिका वडानम्बर ५ कुमैयाखेडा हो। उनको ९ वर्षको एक छोरा छ।

रोजगारीको सिलसिलामा उनका पति संयुक्त अरब इमिरेट्स (यूएइ) मा छन्। करिब ६ वर्ष दोधाराको हेल्थपोस्टमा कस्मेटिक पसल सञ्चालन गरेर बसेकी सुनिता श्रीमान विदेश गएपछि ऐठपुर बस्न थालेकी हुन्। परिवार स्रोतका अनुसो उनमा मानसिक समस्या देखिएको छ।