नेपाल रेडक्रस सोसाइटीद्घारा हातधुने स्थानको स्थापना 
2020/06/15, 7:26
 
korona

नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा र बृटिस रेडक्रसको संयुक्त साझेदारीमा संचालित उत्थानसिल नगर प्रर्बद्धन र सहभागिता कार्यक्रम अन्तर्गत हात धुने स्थान बनाईएको छ । धनगढी उपमहानगरपालिका स्थित १३ वटा क्वारेन्टिन र ४ वटा सार्वजनिक स्थामा स्यान्ड सहितको हात धुने स्थलको निर्माण गरेको छ । 

b

धनगढी उपमहानगरपालिका वार्ड नम्बर १ रक्त संञ्चार सेवा केन्द्र, जिल्ला प्रशाशन कार्यालय, वार्ड नम्बर २ शारदा मावि, वार्ड नम्बर ५ सामुदायिक प्रहरी, वार्ड नम्बर ६ बासुदेबी मावि वार्ड नम्बर ७ राष्ट्रिय आधारभुत विद्यालय, शहरी स्वास्थ्य प्रवर्धन केन्द्र , वार्ड नम्बर ९ सरस्वती आधारभुत विद्यालय, वार्ड नम्बर ११ ठेकराज मावि, वार्ड नम्बर १२ सिद्वनाथ आधारभुत विद्यालय, वार्ड नम्बर १३ राष्ट्रिय जनता आधारभुत विद्यालयमा स्ट्यान्ड सहितको हात धुने स्थान बनाईएको छ ।

b

त्यसैगरी वार्ड नम्बर १४ पञ्चोदयम आधारभुत विद्यालय, जनजागृती आधारभुत विद्यालय, वार्ड नम्बर १६ बेहेडाबाबा मावि, वार्ड नम्बर १७ सज्जन आधारभुत विद्यालय , वार्ड नम्बर १८ फुलवारी बहुमुखी क्याम्पस, वार्ड नम्बर १९ जनप्रिय आधारभुत विद्यालयमा पनि स्ट्यान्ड सहितको हात धुने स्थान बनाईएको छ । जिल्ला प्रशासन कार्यालयको हात धुने स्थान प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहोरा र अन्य स्थानहरुका सम्बन्धित वडाध्यक्षहरुलाई हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी कैलालीका कार्यक्रम अधिकृत नरेन्द्र भट्टले जानकारी दिए । 

b

नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा र बृटिस रेडक्रसको संयुक्त साझेदारीमा सञ्चालित उत्थानशिल नगर प्रर्बद्धन र सहभागीता कार्यक्रम ३ बर्षदेखि धनगढी उपमहानगरपालिका सञ्चालीत छ । कार्यक्रमले लक्षित नगरपालिका र समुदायको विपद् उत्थानशील क्षमता अभिवृद्धि गर्ने मूल उद्देश्य राखेको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभावलाई रोकथाम तथा न्युनीकरणका कार्य गर्नका लागि हात धुनेवानीको विकास गरी जोखिम न्युनीकरण गर्नका लागि काम गर्दै आएको छ ।