डोटेली समाजको बहुउद्देश्यीय भवन निर्माणकार्यलाई अघि बढाउन बिभिन्न व्यक्तिहरुले सहयोग गर्ने घोषणा गरेका छन् । समाजको आफ्नै भवन नहुदाँ खेप्नुपरेको दुख कष्टलाई मध्यनजर गर्दै बिभिन्न व्यक्तिहरु आ आफनो तर्फ सहयोग गर्ने बताएका छन् ।
जसमा सिताराम अवस्थीले १ २ कट्टा जग्गा उपलब्ध गराउने बताएका छन् । भने राजेश भण्डारीले ५ लाख ५१ हजार ५ सय ५५,कृष्ण बहादुर महाराले ५ लाख ५ हजार ५ सय ५५, तिलक बोहराले १ लाख ५१ हजार ५ सय ५५, तिर्थराज पन्तले १ लाख १ हजार १ सय ११ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
यस्तै डा. प्रदिप मिश्रले १ लाख ५ हजार ५ सय ५५,जनकराज जोशीले १ लाख ५ हजार ५ सय ५५,कलक बम १ लाख ११ हजार १ सय ११, दिनेशराज भण्डारीले १ लाख ५ हजार ५ सय ५५ पुष्कर ओझाले भवन निर्माणको लागि १ लाख ५ हजार ५ सय ५५ सहयोग गर्ने घोषण गरेका छन् ।
यस्तै श्याम बिष्टले १ लाख ५१ हजार ५ सय ५५,तेज बहादुर सिंह ५० हजार,शान्ति सिहलें १ लाख ५ हजार १रुपैया,गणेश प्रसाद पाठकले ५० हजार ,हरि प्रसाद भट्टले ५१ हजार, वीर बहादुर जेठाराले ५० हजार ५ सय ऋषिराज जोशीले ५१ हजार १ सय ११ ,प्रेमराज भट्टले ५० हजार ५ सय ५५ सहयोग गर्ने बताएका हुन् ।
यस्तै प्रेमराज भण्डारीले पनि सहयोग गर्ने घोषणा गरेका छन् । उनले २५ हजार ५ रुपैया सहयोग गर्ने बताएका छन् भने,लोक बहादुर बिष्टले २५ हजार मीन जोशीले १ लाख ११ हजार १ सय ११,अमृत बिसिले २१ हजार १ सय ११,लक्ष्मी भण्डारीले ११ हजार १ सय ५५ र करुणकर जोशी ५ सय ५ रुपैयाँ सहयोग गर्ने बताउका छन् । यस्तै माया प्रकास भट्टले ५५ बोरी सिमेन्टको समेत सहयोगको प्रतिबद्धता रहेको डोटेली समाजले जनाएको छ । हिजो शनिबार एक कार्यक्रमका बिच समाजले दशेको शुभकामना आदान प्रर्दान समेत गरेको थियो ।