
धनगढीमा प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका १३ राजपुरस्थित प्रेम सागर रानाको घरबाट उनीहरुलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ राजपुर बस्ने १८ वर्षका आकाश राना, १८ वर्षका राजेश राना, राजकुमार राना र सुजिता राना रहेका छन्।
गोप्य सुचनाका आधारमा प्रहरी टोलीले कोठामा बसेर लागुऔषध सेवन गरी रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको बताईएको छ।

साथै उनीहरुबाट ३ ग्राम ६९० मिलिग्राम लागुऔषध समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/25, 8:06
2021/07/31, 10:48
2022/04/29, 12:15
2023/05/29, 11:53