अछाममा जन्ती गएको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाईते (नामसहित)
2021/10/11, 9:34
 
aa

अछाममा जन्ती गएर फर्किएको बोलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । जिल्लाको पन्चदेवल बिनायक नगरपालिका १ कुईकामा आईतबार राती भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु हो ।

सुदूूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दुर्घटनामा परेर पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षीय जीवन न्यौपाने र १७ वर्षीय हिमाल नेपालीको मृत्यु भएको पुष्टि गरेको छ ।

जिल्लाको पन्चदेवल बिनायक नगरपालिका -१ कुइकामा आइतबार राति जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा गाडी चालकसहित अन्य १४ जना घाइते पनि भएका छन्।  यस्तै दुर्घटनामा घाइते भएका १४ जनाको पहिचान खुलेको छ। घाइते भएका वडा नम्बर २ का मदन धामी र उपेन्द्र शाहीलाई नेपालगन्ज लगिएको छ।

जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं. २ का ६५ वर्षीय कृष्ण देवकोटा, १५ वर्षीय भरत ढकाल, भवानी ढकाल, १४ वर्षीय जीवन धामी, १६ वर्षका जगत बिक, १६ वर्षकै हिक्मत आउजी, १७ वर्षका प्रेम नेपाली, १८ वर्षका सन्तोष ढकाल, १९ वर्षका दिपेन्द्र धामी रहेका छन्। यस्तै वडा नं. ८ का २२ खम्म खनाल, वडा नं. ५ का १९ वर्षीय तपेन्द्र भण्डारी, १८ वर्षका दिक्षत भण्डारी र मंगलसेन नगरपालिका वडा नं. ५ का मेघराज भाट पनि घाइते भएका छन्।

उनीहरुमध्ये भरत ढकाल र सन्तोष ढकाललाई बयालपाटा अस्पताल रेफर गरिएको छ भने तपेन्द्र भण्डारी उपचारपछि घर फर्किएका छन्। अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उपचार भईरहेका मध्ये हार्डीजोर्नी सम्बन्धी सल्लाह तथा उपचारका लागि १ जनालाई बयालपाटा अस्पताल रेफर गरिएको छ भने थप १ जनालाई पनि रेफर गर्ने तयारी भईरहेको जिल्ला अस्पताल अछामका डाक्टर प्रेम प्रसाद ढुंगानाले बताए । घाईते मध्ये वडा नम्बर २ का मदन धामी र उपेन्द्र शाहिलाई नेपालगन्ज लगिएको हो । से १ च १७६३ नम्बरको बोलेरो जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।