युवाहरूका बिचमा मुख्यमन्त्री भट्ट, नयाँ र युवा लक्षित कार्यक्रमहरू अघि सार्ने प्रतिबद्धता
2021/10/11, 6:40

सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री भट्ट पहिलो पटक यहाँका युवाहरूको सवालको जवाफ दिन उनीहरूको बिचमा उपस्थित भएका छन् ।
सुदूरपश्चिम प्रदेशको प्रदेश युवा परिषदले आयोजना गरेको मुख्यमन्त्री सँग युवा अन्तरक्रिया विषयक कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्टले युवाहरूका विभिन्न जिज्ञासा, सवाल जवाफ एवम् अन्तरक्रिया गरेका हुन् । युवाको क्षेत्रमा निकै उदासीन मानिँदै आएको प्रदेश सरकारलाई सहभागी युवाहरूले निकै चोटिला प्रश्नहरू सोधेका थिए।
युवा उद्यम र युवा स्वरोजगारका क्षेत्रमा केही काम गरिरहेको र अझै नयाँ र युवा लक्षित कार्यक्रमहरू प्रदेश सरकारले अघि सार्ने मुख्यमन्त्री भट्टले बताए । स्थानीय बाबा टेलिभिजन बाट समेत प्रसारित उक्त कार्यक्रमको सभापतित्व परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरले गरेका थिए कार्यक्रममा विभिन्न क्षेत्रका करिब १ सय बढी युवा सहभागी रहेका थिए ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/23, 6:17
2020/12/13, 10:15
2021/07/17, 7:08
2022/04/01, 3:44
2023/04/29, 10:26