
मंगलबार राति बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

गोकुलेश्वरदेखि सतंबाजतर्फ जाँदै गरेको ट्याक्टर करिब साढे १२ बजे राति दोगडाकेदार गाउँपालिका ३ को तारलमा दुर्घटना हुँदा डिलाशैनी गाउँपालिका वडा ३ पंसेराका २३ वर्षीय योगेश पालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मृतक पाल नेकपा एमाले बैतडीका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा हुन्। ट्याक्टर दुर्घटनामा परि गम्भीर घाईते भएका पालको उपचारका क्रममा जिल्ला अस्पताल बैतडीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बोधराज ओझाले जानकारी दिए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27