
महाकाली नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाले महाकाली नदी तटीय क्षेत्रमा पानीको सतह बढ्न गई बाढी आउन सक्ने जनाएकाले प्रशासनले सतर्क रहन आग्रह गरेको हो।

भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले सुदूरपश्चिमा सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको समेत सम्भावना भएको हुँदा सम्पूर्ण नागरिक तथा सरोकारवाला निकायलाई सतर्कता अपनाउन आग्रह गर्दै प्रशासनले सूचना जारी गरेको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27