
गृह मन्त्रालयले कैलालीसहित केही जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट केही जिल्लाका सिडिओको सरुवा गरिएको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको गृह मन्त्रालयमा सरुवा भएको छ। उनी २०७७ फागुन २३ गते कैलाली आएका थिए। उनको स्थानमा कैलालीमा किरन थापा आउने भएका छन्।
यस्तै जगन्नाथ पन्त मन्त्रालयबाट पाल्पा, हरि प्रसाद घिमिरे अर्घाखाँची, वेदनिधि खनाल सिन्धुपाल्चोक, माधव ढकाल बिपद जोखिम प्राधिकरण, वेदनिधि अधिकारी डोल्पा, नेत्र शर्मा मुस्ताङ, श्रीनाथ पौडेल मन्त्रालय, बिष्णु पौडेल मन्त्रालय, राजु पौडेल स्याङ्जा, दिपक नेपालको मन्त्रालयमा सरुवा भएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27