
दार्चुलामा अवैध मुद्रासहित एक जना पक्राउ परेका छन्। जिल्लाको दुहु गाउँपालिका–१ का तेजबहादुर बमलाई अवैध मुद्रासहित पक्राउ गरिएको हो।

गत असोज २९ गते राति महाकाली नगरपालिका–४ बाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रमुख तथा प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए। शं
का लागेर चेकजाँच गर्दा बमको साथमा नेपालमा प्रतिबन्ध लगाइएको विदेशी मुद्रा भेटिएको थियो। उनले स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भट्टले बताए।

बमलाई थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बाँकेमा पठाइएको दार्चुला प्रहरीले जनाएको छ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27