तिंकरमा हिमपात
2021/10/19, 11:48
 
aa

दार्चुला जिल्लाकै सबैभन्दा उचाइमा पर्ने तिंकरमा सोमबार दिउँसोबाट हिमपात सुरु भएको छ । तिंकरमा हिमपात सुरु भएपछि चिसो बढेको छ ।

तिंकरका उच्च डाँडाहरूमा मंगलबार बिहानैबाट पुन: हिमपात सुरु भएर जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोहर प्रसाद भट्टले हिमपातले उच्च पहाडी डाँडाकाँडा ढाकिएको बताए ।

उनले चिसोका कारण तिंकर गाउँमा खानेपानीको पाइपभित्र पानी जमेर धारामा पानी न आउदा खानेपानीको समस्या भएको बताए । भारी हिमपात भएपछि तिंकरको जनजीवन कष्टकर बनेको छ ।