
कर्णालीमा पानीको सतहले खतराको तह पार गरेको छ। त्यहाँ अहिले पानीको सतह ११.०३ मिलिमिटर पुगेको गेज रिडर पार्वती गुरुङले जानकारी दिइन्। १० मिलिमिटर पुगेपछि खतराको तह पार गरेको मानिन्छ।

नदी आसपासका बासिन्दालाई सुरक्षित भएर बस्न स्थानीय प्रशासनले आग्रह गरेको छ। कर्णाली नदीमा पानीको वहाव बढेसँगै टीकापुर २ मुलपानीबाट नदी गाउँ पस्ने खतरा बढेको छ।
नदीले विभिन्न ठाउँमा कटान गरेको टीकापुरका मेयर तपेन्द्र रावलले जानकारी दिए। लगातारको पानीले धानबाली नस्ट गरेको छ। नदी गाउँ पस्ने त्रासमा स्थानीय छन्।

2025/07/22, 12:46
2025/07/22, 12:43
2025/07/22, 12:41
2025/07/22, 12:40
2025/07/22, 12:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/18, 3:35
2020/10/22, 5:13
2023/01/03, 5:52
2024/11/23, 3:11
2021/04/17, 9:29