
लगातार भइरहेको वर्षाका कारण डोटीमा घर भत्किँदा २ जनाको मृत्यु भएको छ। सोमबार राति जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखका बीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर २ जना मृत्यु भएको इलाका प्रहरी कार्यालय डोटीले जनाएको छ।

२ जना मध्ये एक जनाको शव निकालिएको र अर्को शव निकाल्ने प्रयास भइरहेको प्रहरीले बताएको छ। दुवै जनाको परिचय खुल्न सकेको छैन। प्रहरी कार्यालयबाट २ किलोमिटरको दुरीको रहेको उक्त स्थानमा उद्दारका लागि प्रहरी निरीक्षक किसन चन्दको कमाण्डको टोली खटिएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37