
बैतडीमा पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ। शिवनाथ गाउँपालिका वडा नम्बर ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा उनका २ बुहारी र १ नातिको मृत्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए। मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्की रहेका छन्।

प्रहरीले मंगलबार साँझ घटनास्थलबाट तीनै जनाको शव निकालेको जनाएको छ। बैतडीमा पनि आइतबार साँझबाट लगातार बर्सात भइरहेको छ। वर्षाका कारण त्यहाँको विद्युत तथा फोन सेवा अवरुद्ध बनेको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37