
चार दिनदेखिको बेमौसमी बर्षाका कारण आएको बाढी पहिराबाट जिल्लामा थप दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार सायल गाउँपालिका–१ का ७४ वर्षीय वीरे रोकायालाई छत्रे खोलाले बगाउँदा मृत्यु भएको हो । उनको १०० मिटर तल खोला किनारमा शव भेटिएको हो भने सायल-५ गुरेनामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
मृत्यु भएकाको पहिचान नखुलेको र थप उद्धारका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढी पहिराका कारण जिल्लामा मङ्गलबार नौजना मृत्यु भएको थियो ।

जिल्लामा अहिले पनि बर्षा भइरहेको छ भने विद्युत्, सञ्चार सम्पर्क अवरुद्ध भएको छ ।
2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/16, 6:45
2020/12/01, 10:43
2021/07/04, 4:49
2022/03/09, 12:07
2023/01/24, 2:40