
सुदूरपश्चिमका सात पहाडी जिल्लामा टेलिकमका सबै सेवा अवरुद्ध भएका छन् ।

नेपाल टेलिकमको अप्टिकल फाईवर चुडिएपछि मंगलवार बिहान ४ बजेदेखि सुदूरपश्चिमका सात वटा पहाडी जिल्लामा टेलिफोन, मोवाईल र ईन्टरनेट सेवा अबरुद्ध भएको थियो ।
नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालय अत्तरीयाका निर्देशक नानाकर न्यौपानेले अप्टिकलको मेन हाई वे चुडिएका कारण टेलिकमका सबै सेवाहरु अवरुद्ध भएको बताए ।

अप्टिकलको मेन हाई वे नै चुडिएका कारण टेलिकमका सबै सेवाहरु अवरुद्ध भएका छन् ।
“हामीले अप्टिकल चुडिएको स्थान पत्ता लगाईसकेका छौ,” निर्देशक न्यौपानेले भने, “वर्षा र पहिरोका कारण मर्मत गर्न सकेका छैनौ । स्थिति सहज भएपछि एक दुई घण्टाभित्रै टेलिकमका सबै सेवा सुचारु हुनेछन् ।”
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37