
बझाङमा पहिरोमा परेर थप चार जनाको मृत्यु भएको छ। बुधबार घरमाथिबाट पहिरो खस्दा खप्तडछान्ना गाउँपालिकाका चार जनाको मृत्यु भएको छ। गाउँपालिकाका प्रवक्ता रामबहादुर सिंहका अनुसार बुधबार बिहान गाउँपालिका नजिकै रहेको माझिगाउँमा माथिबाट पहिरो खस्दा धर्म रोकाया र उनकी श्रीमतीको मृत्यु भएको छ।

गाउँपालिकाको कालुखेतीमा पनि बिरु गिरी र उनकी श्रीमतीको मृत्यु भएको जानकारी आएको प्रवक्ता सिंहले बताए।पिठातोलाका २ जना सम्पर्कविहिन भएको उनले बताए।
‘गाउँपालिका नजिकै पहिरोमा परेर पुरिएका एक दम्पतीको शव निकालेर दाहसंस्कार भइसक्यो, अन्य ठाउँमा खोजीकार्य जारी छ, प्रहरी टोली खटिएका छन्। उद्धार गर्न बाटो अवरुद्ध छ। विस्तृत विवरण आइसकेका छैनन्,’ उनले भने ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37