बाढी प्रभाबित क्षेत्र टीकापुरको संयुक्त निरिक्षण
2021/10/21, 9:31
 
V

 बाढी प्रभाबित क्षेत्र टीकापुरको बुधबार संयुक्त रुपमा निरिक्षण गरिएको छ । प्रदेश सरकारी प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानुनमनत्री पुर्णा जोशी,सामाजिक विकास मन्त्री लाल बहादुर खड्का, कृषि मन्त्री बिनिता चौधरी, प्रदेश प्रहरी कार्यालयका डिआइजी पुरुषोत्तम कंडेल लगायतको संयुक्त टोलीले  बाढी प्रभाबित क्षेत्रको निरिक्षण गरेका हुन् ।

May be an image of 7 people, people standing, outdoors and tree

बाढी प्रभाबित क्षेत्र विशेष गरि शाहीपुर, बनगाउ ,बटनपुर लगायतका स्थानमा पुगेर सो क्षेत्रका बासिन्दालाई सरकार बाढी पिडितकै साथमा रहेको भन्दै सान्त्वना दिएका हुन् । यस क्षेत्रका किसानले लगाएको धान बाली भित्र्याउन नपाउदै बाढीले नष्ट गरेकोले किसानलाई उचित राहतको व्यवस्था मिलाउने भुमि व्यवस्था तथा कृषि मन्त्री बिनिता चौधरीले बताईन् ।

May be an image of 4 people, people standing, body of water and tree

अब किसानको धान बाली को क्षतिको आकलन गरि कस्तो किसिमको राहत उपलब्ध गराउने भनी छलफल गरेरे उचित क्षतिपूर्ति सहित राहत बितरण गरिने उनले बताईन् । असोज ३१ गते साँझदेखि लगातार परेको बेमौसमी वर्षाले कैलालीको पुर्वी क्षेत्र पुर्ण रुपमा डुबानमा परेको छ । कर्णाली नदीमा पानीको बहाब निकै बढेपछि टीकापुर नगरपालिकाका तटीय क्षेत्रका नागरिक बाढी र डुबानको चपेटामा परेका छन् ।

May be an image of 2 people, people standing and outdoors

जिल्लामा बाढीका कारण एक जनाको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ८ कर्मीडाँडा बस्ने बर्ष ८६ का करबीरे ढोलीको घर भित्र बाढी पस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।