सेती प्रयोगशालामा थप ११ जनामा कोरोना पुष्टि
2021/10/21, 11:55
 
dd

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६२ जनाको नमूना परिक्षण गरिएकोमा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

हाल अस्पतालमा ९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ६ जनाको आइसियुमा उपचार भईरहेको छ भने ३ जनाको भेन्टिलेटरमा उपचार भइएरहेको अस्पतालले जनाएकोे छ ।