
डडेल्धुरामा जुवाखालबाट २२ जना पक्राउ परेका छन्। बुधबार राति जिल्लाको अमरगढी नगरपालिका–५ जिलोडास्थित पदमराज ओझाको घरबाट तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ बस्ने ५० वर्षीय ईन्द्र बहादुर थापा लगायत २२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ओझाको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ९ सय ६० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो।
उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। पक्राउ परेका अन्यको नाम भने प्रहरीले खुलाएको छैन।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27