
अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण चार दिनदेखि अवरुद्ध डडेल्धुरा–डोटी जोड्ने सडक सञ्चालनमा आउन थप केही दिन लाग्ने भएको छ ।

डडेल्धुरा–डोटी जोड्ने केआईसिंह राजमार्गका बिभिन्न ठाउँमा बाढी र पहिरोले पु¥याएको क्षति तत्काल मर्मत संभार गर्न संभव नभएका कारण उक्त मार्ग सञ्चालनमा आउन थप केही दिन लाग्ने जिल्ला प्रशासन कार्यालय डडेल्धुुराले जनाएको छ ।
डडेल्धुराको अमरगढी नगरपालिका ११ रडुवाखोला गजरौला सडक खण्डको झण्डै सय मिटर जति भाग पहिरोमा बगेकोले तत्काल डडेल्धुरा–डोटी जोड्ने सडक सञ्चालनमा आउन कठिनाई भएको हो ।

केआईसिंह राजमार्गका अन्य भागमा आएको पहिरो हटाउने प्रयास जारी छ । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहन जोशीले केआईसिंह राजमार्ग सञ्चालनमा आउन थप केही दिन लाग्ने बताए ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27