
गत आइतबारदेखि भएको बेमौसमी वर्षाका कारण आएको बाढी-पहिरोमा परेर सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कायालयका अनुसार डोटीका १५, डडेल्धुराका दुई, बझाङका आठ, बैतडीका चार, र कैलालीमा एक जनाको मृत्यु भएको जनाएको छ ।
पहिरोमा च्यापिएर प्रदेशमा २४ जना बेपत्ता रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। बझाङमा २१, कैलाली, बैतडी र डोटीमा एक एक जना बेपत्ता छन्।

बझाङमा नेपाली सेनाको हेलिकोप्टरमार्फत पहिरोमा परेकाहरुको उद्धार र खोजी कार्यको लागि आवश्यक राहात र औषधिको व्यवस्था गरेर रेस्क्यु टोली घटनास्थल पुगिसकेको छ।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/07/29, 2:20
2020/07/03, 1:52
2020/11/13, 10:09
2022/05/23, 5:56