विपदबाट प्रभावितलाई निसर्ग अस्पतालले निशुल्क चेकजाँच र वेड भर्ना गर्ने
2021/10/21, 2:33

सुदुरपश्चिम प्रदेश लगायत देशका विभिन्न भागमा भारी वर्षाका कारण हालै आएको बाढी तथा पहिरो बाट थुप्रै जनधनको क्षती भएको अवस्थामा धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले विपद प्रभावितहरुलाई निशुल्क चेकजाँच र वेड भर्ना निशुल्क गर्ने भएको छ ।

अस्पतालका अध्यक्ष तिर्थ पन्तका अनुसार स्वास्थ्य चेकजाँच र वेड भर्नामा निशुल्क गर्नुका साथै अन्य उपचार र परिक्षणमा पनि विशेष छुटको व्यवस्था गरिएको छ । अध्यक्ष पन्तले भने– ‘यस विपदमा ज्यान गुमाउनु हुनेको आत्माको चिरशान्तीको कामना गर्दै घाइते तथा बिरामीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’
विपदबाट प्रभावित भइ स्वास्थ्योपचार गराउनुपर्ने बिरामीहरुका लागि निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपलब्ध सेवाहरु सम्बन्धित पालिका वा वडा कार्यालयको सिफारिसको आधारमा सहुलियत प्रदान गरिएको हो ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 8:54
2020/10/18, 8:13
2021/05/15, 11:09
2021/12/13, 10:22
2022/12/20, 12:48