
अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सुचारु भएको छ । सडक बिभागका कर्मचारीहरु र सुरक्षाकर्मीहरुको टोलीको टोलीले चार दिनयता सडकमा खसेको पहिरो हटाउने प्रयास जारी राखेका थिए ।

भात्काडादेखि गैरा अन्तर्गत पर्ने सडक खण्डका दर्जनौ स्थानमा पहिरो खसेका कारण चार दिनयता भीमदत्त राजमार्गमा यातायात सेवा अवरुद्ध भएको थियो ।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहन जोशीले सडकमा खसेको पहिरो स्काभेटरबाट हटाएर सडक सुचारु गरिएको जानकारी दिए । राजमार्ग अवरुद्ध भएपछि अलपत्र परेका सवारी साधन तथा यात्रु अहिले आ आफ्नो गनतव्यतिर लागेका छन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27