नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डडेल्धुरामा कांग्रेसको अधिवेशन पुनः हुनुपर्ने बताउका छन् । सुदूरपश्चिम प्रदेशको बाढीपहिरो प्रभावित क्षेत्रको भ्रमणका लागि आएका उनले
डडेल्धुरामा सम्पन्न नेपाली कांग्रेसको विभिन्न अधिवेशन विवादित रहेको भन्दै पुनः अधिवेशन हुनुपर्ने बताएका छन्। शनिबार सुदूरपश्चिम प्रदेशको बाढीपहिरो प्रभावित क्षेत्रको भ्रमणका लागि आएका उनले धनगढीको गेटा विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।
पार्टीको क्रियाशील सदस्यता वितरणमा धाँधली भएको र छानविन समितिले निर्वाचन कार्यालयमा बुझाएको नामहरुमा पनि तलमाथि पारिएको उनले आरोप लगाएका छन्। “त्यो जगन्य अपराध हो। पार्टीको निर्वाचन प्रक्रिया स्वच्छ हुनुपर्छ,”उनले भने,“डडेल्धुरामा पार्टीका जिल्ला सभापति लगायत कार्यसमितिलाई निर्वाचन बाहिर राखेर अधिवेशन गरिएको छ। त्यो अधिवेशन अधुरो हुन्छ। पार्टीको वैधानिक प्रक्रिया पूरा गरेर डडेल्धुरामा पुनः निर्वाचन हुनुपर्छ।”
यस्तै कांग्रेसका वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसको महाधिवेशन छिट्टै सम्पन्न हुने बताएका छन्।