सर्पको टोकाइबाट १४ वर्षीया बालिकाको मृत्यु
2021/10/24, 11:13
 
dd

कैलालीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ।

जिल्लाको गोदाबरी नगरपालिका ३ मालाखेतीका लोकराज भट्टकी १४ वर्षीया छोरी हिराना भट्टको मृत्यु भएको हो।

उनको धनगढीस्थित सेती प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उनका आफन्त यज्ञराज भट्टले बताए।