
बैतडीमा एक सुत्केरीको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउपालिका — ६ कि २१ वर्षीया पूजा थलालको समयमै उपचार नपाउँदा मृत्यु भएको छ । कात्तिक १ गते सुत्केरी बेथा लागेर गोकुलेश्वर अस्पताल गएकी उनको अवस्था सामान्य थियो ।

उपचारकै क्रममा प्रेसर बढेर र पिसाबमा प्रोटिन देखिएपछि स्वास्थ्य अवस्था जटिल बन्दै गएको डिलाशैनीका स्वास्थ्य संयोजक पुरुषोत्तम नाथले बताए । उनलाई थप उपचारको लागि अस्पतालबाट डडेलधुरा रेफर गरिएको थियो ।
सोही दिन राति अविरल वर्षाले बैतडी-डडेलधुरा सडक ठाउँ-ठाउँमा अवरुद्ध हुँदा उनलाई समयमै अस्पताल पुयाउन नसकेर बाटोमै मृत्यु भएको उनले बताए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/16, 10:39
2023/02/13, 12:26
2025/06/11, 5:39
2020/07/30, 4:42