
गृह मन्त्रालयबाट सरुवा भई कैलालीमा आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) किरण थापाले जिल्लाको सुरक्षा व्यवस्था सबल बनाउन उच्च प्राथमिकता रहेको बताएका छन् ।

आइतबार पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् । यस अघि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी खगेन्द्र रिजालले समाल्दै आएका थिए । उनको गृह मन्त्रालयमा सरुवा भएको थियो ।
कैलाली जिल्लाको जिम्मेवारी समाल्दै सिडिओ थापाले जिल्लाको शान्ति सुरक्षा व्यवस्थालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर अघि बढ्ने बताए ।

“सिडिओको मुख्य भूमिका भनेको जिल्लाको शान्ति सुरक्षा र विकास निमार्णको समन्वयमा भूमिका खेल्ने हो । यही भित्र रहेको नै मेरो भूमिका क्रियाशील रहन्छ,” उनले भने । उनले सिमानाकामा हुने समस्यालाई दुवै देशका प्रतिनिधिहरू सँग छलफल समाधान गर्ने बताए ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/16, 10:39
2023/02/13, 12:26
2025/06/11, 5:39
2020/07/30, 4:42