धनगढीमा पेट्रोलियम पदार्थको अभाव, भारतको शारदा पुल भत्किदा आयात रोकियो
2021/10/27, 7:07
 
aa

धनगढीमा पेट्रोलियम पदार्थको अभाव भएको छ । भारतको पलिया नजिकै शारदा पुल अबरुद्ध भएपछि पेट्रोलियम पदार्थ निर्यात अबरुद्ध भएपछि धनगढीमा पेट्रलियम पदार्थको अभाव भएको हो । पलियाको शारदा पुल केही दिन देखी यातायात अबरुद्ध भएको छ । सो पुल अबरुद्ध भएपछि कानपुरबाट पेट्रोलियम पदार्थ आयात हुन सकेको छैन ।

‘पेट्रोलियम बोकेका ट्यांकर धनगढीम आउन सकेका छैनन्’ अयाल निगम धनगढीका प्रमुख रामकुमार न्यौपानेले भने–‘सडक संचालनमा आउने बित्तिकै ३३ वटा ट्याङ्कर धनगढी पुग्नेछन् ।’भारतबाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको आयल निगम धनगढीमा अहिले पेट्रलियमको भण्डारण समेत रित्तिएको छ ।

अहिले धनगढीका अधिकांश पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ रित्तिएको छ । पेट्रोलियम पदार्थको अभाव भएपछि धनगढीमा सवारीको चाप पनि घटेको छ । ‘मोटसाईकलमा पेट्रोल नभएर थन्किएको छ’ धनगढी–७ क्याम्पसरोडका मिन बमले भने–‘हामी जस्ता कयौनका मोटरसाईकल पेट्रोल अभावका कारण थन्किएका छन्।’ धनगढीम भएको पेट्रोलियम पदार्थ बैकल्पीक बाटो प्रयोग गरेपनि पेट्रोलयिम पदार्थ अपुर्ति गरी सहज बनाउन बमले सुझाब दिएका छन् ।