बैतडीको पुर्चौडी नगरपालिकाको १० वटै वडामा एमालेको अधिवेशन सम्पन्न
2021/10/29, 7:31
 
dd

बैतडीको पुर्चौडी नगरपिलकामा नेकपा एमालेले वडा अधिवेशन सम्पन्न गरेको जनाएको छ। शुक्रबार नगरपालिकाको १० वटै वडामा ३१ सदस्यीय वडा कमिटी चयन गरिएको नेकपा एमाले बैतडी जिल्ला सचिवालय सदस्य कर्णबहादुर कुँवरले दिनेशखबरलाई बताए। नेकपा एमालेको वडा नम्बर १ को अध्यक्षमा जनकराज जोशी र सचिवमा नागिसिंह धामी चयन भएका छन्। यसैगरी वडा नम्बर २ मा हेमराज पन्त र रामबहादुर बोहरा अध्यक्ष र सचिवमा चयन भएका छन्। वडा नम्बर ३ मा लक्ष्मण धामी अध्यक्ष र रामबहादुर बोहरा सचिवमा चयन भएका छन्। ४ नम्बरको अध्यक्षमा बलदेव धानुक र सचिवमा जयबहादुर धानुक सर्वसम्मत भएको नेकपा एमालेले जनाएको छ।

यसैगरी ५ नम्बर वडामा वीरसिंह बोहरा अध्यक्ष र सचिवमा पवित्रा भट्ट पन्त र ६ नम्बर वडामा अध्यक्षमा नारद अवस्थी र राजेन्द्रसिंह धामी चयन भएका छन्। ७ नम्बरमा देवसिंह ऐर र गणेश साँउद क्रमशः अध्यक्ष र सचिवमा चयन भएका छन्। 

नगरपालिकाको वडा नम्बर ८ मा भने रनबहादुर धामी अध्यक्ष र रामबहादुर बोहरा सचिवमा सर्वसम्मत निर्वाचित भएका छन्। वडा नम्बर ९ र १० मा अध्यक्षमा क्रमशः लोकेन्द्र विष्ट र धनबहादुर महरा चयन भएका छन् भने सचिवमा क्रमशः राजेश चुनारा र लोकराज अवस्थी चयन भएको नेकपा एमालेले जनाएको छ। एमालेले ३३ प्रतिशत महिलासहित ३१ सदस्यीय वडा कमिटी चयन भएको दाबी गरेको छ।