बाजुरामा आरडिटी पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि आक्रमण, ढुङ्गामुढा प्रहारबाट घाईते
2020/06/15, 11:39

बाजुराको हिमाली गाउँपालिका–५ कवाडीको क्वारेन्टिनमा बसेकाहरुले आरडिटी गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका छन् । भारत लगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नम्बर ५ को क्वारेन्टिनमा बसिरहेकाहरुले आरडिटी रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि हमला गरेका हुन ।

उनीहरु क्वारेन्टिनमा बसेको १४ दिन पूरा भएपछि अपराह्न गाउँपालिकाका स्वास्थ्य संयोजक राजबहादुर भण्डारी आफैँ आरडिटी गर्न पुगेका थिए । परिक्षणमा पोजेटिभ आएपछि उनीहरुले आक्रमण गर्दा छातीमा गम्भीर चोट लागको छ ।
उनकोे प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको प्राथमिक स्वास्थ्य केन्द्रका कोभिड–१९ रोकथाम तथा नियन्त्रण समिति फोकल पर्सन ओमजङ्ग शाहीले जानकारी दिए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/19, 11:45
2021/09/20, 11:16
2024/11/18, 2:46
2020/05/17, 3:38