
कैलालीमा एक महिलाको बेवारिस शव फेला परेको छ। मंगलबार जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ७ चिप्लेस्थित कर्णाली नदीको किनारमा अन्दाजी ३३ वर्षीय महिलाको शव फेला परेको हो।

ईलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट खटिएको प्रहरी टोलीले शव पानीबाट निकालेर पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाएको जनाएको छ। मृतक महिलाको कानमा सुनको जस्तो देखिने बेरुवा रिङ्ग र बायाँ हातको कान्छी औलामा धातुको जस्तो देखिने औठी रहेको प्रहरीले जनाएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/16, 10:39
2023/02/13, 12:26
2025/06/11, 5:39
2020/07/30, 4:42