सेती प्रयोगशालामा थप ११ जनामा कोरोना पुष्टि
2021/11/04, 6:02
 
aa

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहिबार गरिएको परिक्षणमा थप ११ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६१ नमुना परिक्षण गर्दा थप ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा ३  जना कोरोना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन । भने एक जना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन ।

हाल अस्पतालमा ३ जना संक्रमित विरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ । जसमध्ये १ जना विरामीको आइसियुमा उपचार हुँदैछ ।