सेती प्रयोगशालामा १७ जनामा कोरोना संक्रमण पुष्टि
2021/11/08, 7:42
 
aa

परिक्षणमा एक तिहाइ बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४९ नमूनाको पीसीआर बिधिबाट कोरोना परिक्षण गरिएकोमा १७ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै सेतीमा हालसम्म पीसीआर बिधिबाट कोरोना परिक्षण गरिएकाहरुको संख्या १ लाख १७ हजार २ सय ४५ पुगेको छ । जसमध्ये २१ हजार २ जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । हाल अस्पतालमा २ कोरोना संक्रमित उपचाररत रहेका छन । दुवै जनाको आइसियुमा राखेर उपचार भईरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन ।

दोस्रो लहरको कोरोना फैलिएयता सेतीमा १ हजार ५ सय ६८ कोरोना संक्रमित उपचारका लागि अस्पताल भर्ना भएका छन । जसमध्ये १ हजार ३ सय ५८ कोरोना संक्रमित उपचार पछि निको भएका छन भने २ सय ८ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।