नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज हुने भनिएको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक १० बुँदे सहमति विपरित भएको बताएका छन्। सुदूरपश्चिम कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अन्तर पार्टी निर्देशन(अपानि) १२ को विपरित भएको उपाध्यक्ष रावलको भनाइ छ।
मंगलबार सामाजिक सञ्जालमा उनले उक्त बैठकलाई गुटबन्दीको नमूना बताएका छन्। यस बैठक र यसका निर्णयहरु अवैध र अमान्य हुने उनको भनाइ छ। अपानि १२ झापामा लागू हुने तर सुदूरपश्चिमममा लागू किन नहुने? भन्दै उनले प्रश्न गरेका छन्। 'अपानि १२ झापामा लागू हुने, सुपमा लागू नहुने किन? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि?' सामाजिक सञ्जालमा उनले लेखेका छन्।
आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ।यो गुबन्दीको नमूना हो।यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्।अपानि १२ झापामा लागु हुने, सु.प.मा लागु नहुने किन? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि?
— Dr. Bhim Rawal (@BhimRawal179) November 9, 2021