ग्रामिण महिला विकास तथा एकता केन्द्र ( रुडुक) का संस्थापक अध्यक्ष एवम नेपाली कांग्रेसकी नेत्री डाक्टर आरजु राणा देउवा तथा रुडुक केन्द्रिय अध्यक्ष सजनी अमात्यको पहलमा धनगढी उप–महानगरपालिकाका बिभिन्न वडा तथा कैलारी गाउँपालिकाको ६ तथा ९ नम्बर वडामा कोभिड १९को महमारिको कारणले स्थापना गरिएका क्वारेन्टिनमा असार १ गते देखी शुद्ध पिउने पानीको सहजताको लागि सिल्भर फिल्टर तथा स्वास्थ्य तथा सरसफाई सामग्री बितरण गरिएको छ ।
पहिलो दिन धनगढी उपमहानगरपलिकाको १६ नम्बर वडामा रहेको दीपेन्द्र चारपाते माविलाई फिल्टर र बेहडाबाबा माविमा रहेका ६२ जनालाई स्वास्थ्य सामग्री तथा वडा नम्बर १७ मा रहेको भानु माविलाई फिल्टर र कालिका मबिमा रहेका ३४ जनालाई स्वास्थ्य सामाग्री बितरण गरिएको हो । त्यस्तै कैलारी गाउँपालिका वडा नम्बर ६ बेनौलीमा रहेको अपरम्पार माविमा फिल्टर र ३९ जनालाई स्वास्थ्य सामग्री तथा वडा नम्बर ९ गदरियामा रहेको जनता माविमा फिल्टर तथा ३४ जनालाई स्वास्थ्य सामग्री , त्यस्तै गदरियाकै जनता सरस्वती स्कुलको क्वारेन्टिनमा रहेका ३१ जनालाई स्वास्थ्य सामग्री बितरण गरिएको हो ।
ग्रामिण महिला विकास तथा एकता केन्द्र कैलालीका अध्यक्ष ममता शाहले क्वारेन्टिनमा रहेकाहरुलाई दिएको स्वास्थ्य सामग्रीहरुमा गम्छा, ब्रस, मञ्जन, नुहाउने साबुन, लुगाधुने साबुन, स्याम्पू, मास्क, मच्छर धुप र सेनेटरी प्याड रहेको र उक्त सामग्री नेपाली कांग्रेसका सभापती तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयबिर सिंह देउवाको पहलमा उपलब्ध गराइएको बताइन ।