
सरकारले तीन वटा प्रदेशमा नयाँ प्रदेश प्रमुख पठाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय भएको हो।

प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी)का नेतासमेत रहेका पूर्वसभासद खापुङ प्रदेश प्रमुख भएका छन्। साथै कर्णालीमा पहिले प्रदेश २ का प्रदेश प्रमुख भइसकेका परियारलाई नै जिम्मेवारी दिइएको छ। उनी नेकपा माओवादी केन्द्रनिकट हुन्।
यस्तै सुदूरपश्चिममा कांग्रेस नेता तथा पूर्वसभासद देवराज जोशी प्रदेश प्रमुख भएका छन् । उनी कांग्रेस बाजुराका पूर्वसभापति पनि हुन् । हालै उनी कांग्रेस महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पनि भएका थिए।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/04/20, 12:02
2020/07/17, 11:52
2022/04/05, 11:15