
टिकापुरमा चक्कु प्रहार गरी युवकको हत्या गरेको आरोपमा ८ जना पक्राउ परेका छन् भने १ फरार रहेका छन । जिल्लाको लम्कीचुहा नगरपालिका -१ का २२ वर्षीय भुपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए।

चक्कु प्रहार गर्ने लम्की चुहा नगरपालिका वडा न।३,का आर्यन देवकोटासहित ८ जनालाई पक्राउ गरिएको डिएसपी बिष्टले जानकारी दिए। उनका अनुसार दुई समूहबीच झडप हुँदा घटना घटेको हो। घटनाबारे सुदूरपश्चिम प्रदेश प्रहरी, जिल्ला र इलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/23, 5:29
2020/12/14, 7:32
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/01, 1:17