
मंगलबार राति खुकुरी प्रहारबाट लम्की चुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्या भएपछि अवरुद्ध पारिएको पूर्वपश्चिम राजमार्ग खुलेको केहीबेरमै फेरि अवरुद्ध पारिएको छ।

मृतकका आफन्तले बुधबार बिहानैदेखि अवरुद्ध पारेको राजमार्ग करिव दश मिनेट सन्चालनमा आएको थियो। प्रहरीले हत्यामा संलग्न सबैलाई पक्राउ गरी कारबाही गर्ने र अनुसन्धान भैरहेको बताएपछि अवरुद्ध राजमार्ग खुलाइएको बताएको थियो।
तर, स्थानीय र आफन्तहरुले ढुंगामुढा गरेर राजमार्ग अवरुद्ध पारेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। स्थानीयले बिहानैदेखि हत्यामा संलग्नलाइ कारबाही गर्नुपर्ने माग राखेर सडकमै टायर बालेर प्रदर्शन गरेका थिए।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/04, 2:26
2020/10/06, 8:41
2021/04/27, 12:07
2021/11/12, 6:41
2022/11/02, 1:40