
आगलागीबाट बैतडीमा ४ लाख ५० हजार रूपैयाँ बराबरको क्षति भएको छ। जिल्लाको मेलौली नगरपालिका१ मेलशैनीका अशोकसिंह साउदको भैंसीगोठमा आगलागी भएको हो।

मंगलबार राति २ बजे भएको आगलागीबाट ३ गाई, एक भैंसी मरेका छन् भने अन्न, लत्ताकपडा, गोठसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
दुईकोठे एकतले गोठमा लागेको आगो स्थानीय बासिन्दाले करिब ३ घण्टामा नियन्त्रणमा लिएका थिए। विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख बोधराज ओझाले बताए।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/04/20, 12:02
2020/07/17, 11:52
2022/04/05, 11:15