
गत साउन १५ गते महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । सुदूरपश्चिम समाज मेरिल्यान्ड अमेरिकाले बेपत्ता जयसिंह परिवारलाई रु दुई लाख आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

फारवेस्ट राइडरको सहआयोजनामा सदरमुकाम खलङ्गामा आयोजित एक कार्यक्रममा राइडरका सुदूरपश्चिम अध्यक्ष भरतविक्रम शाहले जयसिंह धामीका श्रीमती राजन्ती धामीलाई सो सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
मेरिल्यान्ड अमेरिकाका अध्यक्ष दमनविक्रम शाहको अगुवाइमा धामी परिवारका लागि राहत रकम सङ्कलन भएको थियो । बेपत्ता जयसिंह धामीका एक छोरा र एक छोरीको पढाइलेखाइमा सहयोग पुगोस् भन्नका लागि रकम सङ्कलन गरी हस्तान्तरण गरिएको अध्यक्ष शाहले बताए ।

सहयोग रकमलाई सही ठाउँमा सदुपयोग गर्नसमेत उनले आग्रह गरे । रकम पाएपछि राजन्ती खुसी र भावुक बनेका थिए ।
2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/04, 2:26
2020/10/06, 8:41
2021/04/27, 12:07
2021/11/12, 6:41
2022/11/02, 1:40