
कैलालीमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ४२ का लक्ष्मण प्रसाद श्रेष्ठलाई लुकीछीपी बसिरहेको अवस्थामा प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो।

बिहीबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ। कैलाली जिल्ला अदालतले २०५८ साल असार १२ गते २ महिना २३ दिन कैद तोकेको थियो। त्यस पश्चात उनी फरार थिए। पक्राउ गरेर प्रहरीले श्रेष्ठलाई आजै कैलाली जिल्ला अदालतमा पेश गरेको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/04/20, 12:02
2020/07/17, 11:52
2022/04/05, 11:15