
कञ्चनपुरमा जबरजस्ती करणी मुद्दाका फरार एक युवक पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका -४ का युवकलाई उनकै घर ठेगानाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीका अनुसार ती युवकलाई जिल्ला अदालतले २०७७ भदौ २५ गते ६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो। उनलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले बताएको छ। प्रहरीले ती युवकको नाम भने खुलाएको छैन।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/04/20, 12:02
2020/07/17, 11:52
2022/04/05, 11:15