
सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १८ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट एक हजार २४ जनाको नमूना परीक्षण गर्दा १८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आरटी पीसीआर १३ र एन्टीजेन बिधिमार्फत पाँच जनामा सङ्क्रमण देखिएको हो । पीसीआर बिधिमार्फत सेती प्रादेशिक अस्पतालमा १२ र महाकाली अस्पतालमा एक जनामा सङ्क्रमण देखिएको हो । यस्तै एन्टीजेन बिधि मार्फत कैलालीका तीन र कञ्चनपुरका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै गएको २४ घण्टामा प्रदेशभर नौ जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/04, 2:26
2020/10/06, 8:41
2021/04/27, 12:07
2021/11/12, 6:41
2022/11/02, 1:40