कैलालीमा भीषण वर्षासँंगै आएको बाढीले भत्किएका संरचना मर्मत गरिँदै
2021/11/13, 1:28
 
dd

कैलालीको पूर्वी भेगमा कात्तिक पहिलो साताको भीषण वर्षासँंगै आएको बाढीले भत्काएका संरचना मर्मत गरिन थालिएको छ । 

कर्णाली नदीको बाढी बस्तीमा पसेर ठाउँठाउँमा साना ठूला बाटा बिगारेको छ । साइकल, मोटरसाइकल, गाडालगायतका साधन गुडाउन भए पनि बाटोहरू मर्मत गर्न थालिएको टीकापुर नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रवक्ता तथा टीकापुर–८ का अध्यक्ष दीर्घ ठकुल्लाले वडा ८ मा सबैभन्दा धेरै क्षति भएको र स्थानीय स्रोतसाधनले भ्याएसम्म संरचना मर्मतको काम गरिरहेको बताए । उनले भने, ‘हुलाकी राजमार्गको सत्तीमा करिब एक सय मिटर बाटो भत्किएको छ ।

अहिले ग्राभेल गरेर आउजाउका लागि बनाइएको छ ।’ अरू ससाना बाटा पनि मर्मत गरिएका छन् । संरचना मर्मतका लागि स्थानीय सरकारकै स्रोतसाधन मात्र प्रयोग भएको उनले बताए । उनका अनुसार जेसीबीको प्रयोगले बाटो मर्मतका काम भएका छन् ।