
सुदूरपश्चिम प्रदेशमा आज थप सात जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। विगत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार १३७ जनाको नमूना परीक्षण गरिएको थियो। आरटी पीसीआरबाट ६ र एन्टिजेन विधिमार्फत एक जनामा सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा ६ र एन्टिजेन विधिमार्फत कञ्चनपुरका एक जनामा सङ्क्रमण पुष्टि भएको हो। विगत २४ घण्टामा प्रदेशभर ६ जना कोरोनाबाट मुक्त भएका छन्। सो अवधिमा प्रदेशमा कोरोनाबाट कोहीको पनि मृत्यु भएको छैन। शुक्रबार प्रदेशमा कोरोनाबाट १८ सङ्क्रमित भएकामा नौ जना निको भएका थिए।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/14, 6:27
2020/11/28, 7:19
2021/07/31, 6:02
2022/04/30, 10:49
2022/08/09, 5:49