
धनगढी उपमहानगरपालिकाका दुई वडाबाट तीन जना पत्रकार नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा छानिएका छन् । उपमहानगरपालिकाको वडा नम्बर १ र ६ बाट तीन जना पत्रकार कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा छानिएका हुन्।

वडा नम्बर १ बाट सुदूरपश्चिमका पत्रकार मनमोहन स्वाँर र उमीदप्रसाद वागचन चुनावी प्रक्रियाबाट निर्वाचित भएका हुन् । यस्तै वडा नम्बर ६ बाट नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवा निर्विरोध निर्वाचित भएका हुन् ।
पत्रकार स्वाँरले २६८ र वागचनले २१७ मत पाएर निर्वाचित भएका हुन् । वडा नम्बर १ मा १४ जना प्रतिनिधिका लागि चुनाव भएको थियो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/14, 6:27
2020/11/28, 7:19
2021/07/31, 6:02
2022/04/30, 10:49
2022/08/09, 5:49