
कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या प्रकरणमा फरार रहेका थप एकजना पक्राउ परेका छन् । प्रहरी टोलीले लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्कालाई आइतबार दिउँसो उनकै घरबाट पक्राउ गरेको हो ।

गएको मंगलबार राति २३ वर्षीय भूपेन्द्रको टीकापुरमा हत्या भएको थियो । होटेल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा खुकुरी प्रहार गरेर उनको हत्या भएको प्रहरीको दाबी छ । रावल फरार छन् ।
विकासले नवीनकै समूहमा रहेर गुन्डागर्दी गर्दै आएको प्रहरीले जनाएको छ । विकासको खोजीका लागि प्रहरी टोली सुर्खेत, बाँके, दैलेखलगायत जिल्लामा पुगेको थियो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/14, 6:27
2020/11/28, 7:19
2021/07/31, 6:02
2022/04/30, 10:49
2022/08/09, 5:49