
बार एशोसिएशन कैलालीले सोमबार पनि कैलाली जिल्ला अदालत अगाडि धर्ना दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आज पनि कैलाली जिल्ला अदालत अगाडि कानुन व्यवसायीहरुले कालोपट्टी बाँधेर धर्ना दिएका हुन ।

न्यायापालिकाको सुद्धिकरण र प्रधानन्यायाधीशको राजीनामाको सम्बन्धमा नेपाल बार एशोसिएशनको विरोध कार्यक्रमलाई ऐक्यवद्धता सहित कैलाली अदालत अगाडि आज पनि कालोपट्टी बाँधेर धर्ना दिइएको कैलाली बारका अध्यक्ष शिद्धराज ओझाले जानकारी दिए ।
हिजो पनि कैलाली जिल्ला अदालत अगाडि बारले कालोपट्टी बाँधेर एक घण्टा धर्ना दिएको थियो । भोली पनि कैलाली जिल्ला अदालत अगाडि कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रम रहेको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/14, 6:27
2020/11/28, 7:19
2021/07/31, 6:02
2022/04/30, 10:49
2022/08/09, 5:49